‘हरिबहादुरको जुत्ता’को नयाँ पोष्टरमा के छ खास ?

0 Shares

यो वर्षको प्रतिक्षित फिल्ममध्येको एक ‘हरिबहादुरको जुत्ता’ले आफ्नो नयाँ पोष्टर सार्वजनिक गरेको छ।

निर्माण टिमले सार्वजनिक गरेको पोष्टरमा फिल्मका प्रमुख तीन कलाकारलाई प्रस्तुत गरिएको छ। पोष्टरमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर छन्। सार्वजनिक पोष्टरले तीन कलाकारका पात्रलाई चित्रण गर्ने प्रयास गरेको छ।

पोष्टरमा हरिवंश आचार्य आफ्नै चर्चित ‘हरिबहादुर’ पात्रमा देखिएका छन्। प्रकाश सपुत केही रिसाएको मुद्रामा छन् भने स्वस्तिमा खड्का मन्द मुस्कानसहित प्रस्तुत भएकी छिन्। यसबाट फिल्म रमाइलो र पारिवारिक हुने अनुमान गर्न सकिन्छ। सार्वजनिक पोष्टरलाई शान थापा र विजय वस्यालले तयार गरेका हुन्।

फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। दिपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्म दशैँको फूलपाती (असोज १३) गतेदेखि प्रदर्शनमा आउनेछ।

एसएम मोशन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। कृष्ण बहादुर थापाले खिचेको फिल्मलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकाश सपुतको संगीत रहेको फिल्ममा आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंको स्वर सुन्न सकिन्छ।

सम्बन्धित समाचार

सबै