मिस एण्ड मिसेस युनिभर्सल सिजन ४ का लागि आवेदन खुला

0 Shares

स्पार्कल इन्टरटेनमेन्टको आयोजनामा हुने “मिस एण्ड मिसेस युनिभर्सल सिजन ४” का लागि आवेदन खुला गरिएको छ। सिजन ४ को पहिलो अडिसन शनिबार सम्पन्न भएको छ भने दोस्रो अडिसन असार ३१ गते हुने तय भएको छ।

पहिलो अडिसनमा टिकटकर तथा सामाजिक अभियन्ता अन्सु बर्मा, मिसेस युनिभर्सल सिजन २ र ३ की विजेता निर्णायकको रूपमा उपस्थित थिए। प्रतियोगिताका अफिसियल कोरियोग्राफर अन्जल कुँवर हुन् भने कार्यक्रम संयोजक अस्मिता राई (अमृता) हुन्।

आयोजकका अनुसार ग्राण्ड फिनाले असोज ३ गते नेपाल प्रहरी क्लबको हल, प्रदर्शनी मार्गमा भव्य रूपमा आयोजना हुनेछ। प्रतियोगिताले प्रतिभावान महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने सुनौलो अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

कार्यक्रममा बोल्दै स्पार्कल इन्टरटेनमेन्टकी अध्यक्ष नितु श्रेष्ठले प्रतियोगिताले सहभागी महिलाहरूको आत्मविश्वास, व्यक्तित्व र प्रतिभा विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्। उनले निष्पक्ष मूल्याङ्कन, पेशेवर प्रशिक्षण र अवसरहरूको माध्यमबाट प्रतिभावान महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अघि ल्याउने उद्देश्य रहेको बताइन्।

सम्बन्धित समाचार

सबै