भारतको जयपुरमा जब अनमोलको अँगालोमा बेरिइन् … आँचल

0 Shares

 तिहारको अवसरमा आगामी असोज ३१ गते प्रदर्शनमा आउने फिल्म जेरी अन टपको निर्माण टिम गीत छायांकनका लागि भारतको जयपुर पुगेको छ। निर्माता, निर्देशक र कलाकारसहितको टोली यतिबेला राजस्थानमा गीत फिल्मांकनमा व्यस्त छ।

निर्माता सरोज न्यौपाने, निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मासहितको टोली भारत पुगेको हो। कथाको मागअनुसार आवश्यक दृश्य छायांकनका लागि जयपुर आएको निर्माता न्यौपानेले बताएका छन्। प्राप्त तस्वीरहरूमा अनमोल र आँचल रोमान्टिक अवतारमा देखिएका छन्। एक गीतको छायांकन सकेर टोली शनिबार नेपाल फर्किनेछ।

अनन्या फिल्म्स प्रा.लि.को ब्यानरमा बनेको यो फिल्मको केही हप्ता पहिले पोस्टर सार्वजनिक भएसँगै निर्माण टिम प्रचारमा जुटिसकेको छ। असोज ३१ मा जेरी अन टप सोलो रिलिज हुने छ।

फिल्ममा अनमोल र आँचलसँगै जसिता गुरुङ, चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्कीको पनि प्रमुख भूमिका रहेको छ।

फिल्म निर्माणमा रोबिन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले निर्माता न्यौपानेसँग लगानी साझेदारी गरेका छन्। कथा हेमराज बिसीको हो। कार्यकारी निर्माता अनुराधा गिरी र ईश्वर श्रेष्ठ हुन् भने सह–निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन्।

जेरी अन टपमा कालिप्रसाद बाँस्कोटा, जयन जे. वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत रहेको छ। पटकथा विश्वास तिम्सिनाले लेखेका हुन् भने छायांकन दुलिप रेग्मीले गरेका हुन्।

हङकङको एलजी एसोसिएट्सले (अस्ट्रेलिया बाहेक) यस फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ भने नेपालमा वितरण अधिकार रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन्।

सम्बन्धित समाचार

सबै