खिल बहादुर गुरुङको निर्देशनमा बनेको फिल्म रिमैको शीर्षक गीत सार्वजनिक भएको छ। यो फिल्म आगामी भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ। सार्वजनिक गीतमा मुख्य कलाकार दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन्।
गीतको शब्द रचना तथा कम्पोज दीपक शर्माले गरेका हुन् भने गीतमा रिता केसी र अंशु लामा (अश बहादुर गुरुङ) ले स्वर दिएका छन्। गुरुङ परिवेशमा तयार गरिएको गीतको अडियो तथा भिडियोले दर्शकलाई उत्साहित बनाउने देखिन्छ। लामो समयपछि दयाहाङ राई र रिश्मा गुरुङको जोडी (काजी र मैंया) पर्दामा पुनः देखिन लागेकोले दर्शकमा सिनेमाप्रति उत्साह थपिएको छ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, दिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ, प्रश्ना राना मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ।
सिनेमाको कथा उपेन्द्र सुब्बाले लेखेका हुन् भने छायांकन शैलेन्द्र ध्वज कार्कीले गरेका छन्। वीरवल घले कार्यकारी निर्माता रहेका छन् भने टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता हुन्। सह-निर्मातामा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे छन्।
सिनेमामा संगीत दीपक शर्मा र थानेश्वर गौतमको छ। किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर, र सम्पादन मित्र डी. गुरुङले गरेका छन्।