चन्द्र पन्तको फिल्म ‘आ बाट आमा’को अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार विक्री

0 Shares

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘आमा बाट आमा’ को अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार बिक्री भएको छ। हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले दुबै देशका अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ।

चन्द्र पन्तको निर्देशन, कथा तथा पटकथामा बन्ने यस फिल्मलाई विदेशमा समेत उच्च माग बढ्न थालेको बताइएको छ। मातृत्वको संवेदनशील कथा प्रस्तुत गर्ने यो फिल्मको अस्ट्रेलिया र न्युजिल्याण्डमा वितरण अधिकार ‘सोल्ड आउट’ भएको जानकारी दिइएको हो।

निर्देशक पन्तका अनुसार अन्य देशहरूसँग पनि कुराकानी भइरहेको छ र त्यसबारे छिट्टै जानकारी दिने तयारी गरिएको छ। उनका अनुसार, फिल्म निर्माण सम्पन्न भएपछि विदेशमा यसको माग अझै उच्च हुने अपेक्षा गरिएको छ। पछिल्लो समय नेपाली फिल्मको क्रेज नेपालमा मात्र नभई विदेशमा पनि उल्लेख्य रूपमा बढिरहेको छ।

यो क्रेज बढाउन अभिनेता पल शाह र ‘टिकटक क्विन’का रूपमा परिचित उषा उप्रेतीको अनुबन्धलाई पनि एक कारण मानिएको छ। फिल्ममा उनीहरूसँगै सदाबहार अभिनेत्री विपना थापा, सिमरन पन्त, तथा दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावतको समेत अभिनय रहनेछ। उनीहरू फिल्मका लागि फाइनल भइसकेका छन्।

यसै महिनाबाट छायांकन सुरु हुने यो फिल्मका अन्य कलाकार तथा प्राविधिकको छनोट कार्य जारी रहेको र छिट्टै टुङ्गो लगाइने निर्माण पक्षले जनाएको छ। फिल्मको नेपाल प्रदर्शन अधिकार आरआर फिल्म्सले खरिद गरेको छ। ‘आमा बाट आमा’ आगामी वर्षको फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ।

सम्बन्धित समाचार

सबै