0
Shares
साउन ३० गते भित्र आफूले पाउनुपर्ने भुक्तानी नपाए पछि आरआरआर फिल्म्सले गरेको उजुरीमा नेपाल चलचित्र सङ्घले आगामी भदौ २० गते रिलिज हुने रिमै सिनेमाको श्रव्य दृश्य सामग्री प्रसारण नगर्न पत्र काटेकोमा सो सम्बन्धी विवादमा कुरा मिलेको छ।
संघले आज ४ बजे सोपत्र काटेकोमा ७ बजे नै रिमैका निर्देशक खेलबहादुर गुरुङले बाँकी लेनदेन राफसाफ गर्नका लागि चेक बुझाएपछि विवाद मिलेको हो।
आरआर फिल्मका रोहित कट्टेलले पनि सो विवाद आजै टुङ्गो लागेको मेरो पिक्चरसँग स्वीकार गरे।
उनले अब रिमै चलचित्रको लेनदेनलाई लिएर कुनै विवाद नभएको स्पष्ट पारेका छन्।
यो सहमतिले झन्डैझन्डै अनिश्चित बनेको रिमैको प्रदर्शन अब यथामितिमै निरन्तर हुने पक्का भएको छ।