हेर्नुस् के छ दया-रिस्मा अभिनित ‘रिमै’को ट्रेलरमा ?

0 Shares

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’ को ट्रेलर सार्वजनिक गरिएको छ। यस ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई प्रष्ट्याएको छ।

करीब साढे तीन मिनेट लामो ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ उनले आफ्नो प्रेम र परिवारबीचको संघर्षसँग जुधिरहेको देखिन्छ। रिश्मा गुरुङसँगको केमिस्ट्रीले ट्रेलरलाई भावुक बनाएको छ भने अर्पण थापा र गौमाया गुरुङको भूमिकाले कथालाई अझ रोचक बनाएको छ।

निर्देशक गुरुङले ‘रिमै’ मा परम्परा, संस्कार र आधुनिक जीवनशैलीबीचको टकरावलाई प्रस्तुत गर्ने संकेत ट्रेलरमार्फत दिएका छन्। संवाद, छायांकन र ब्याकग्राउन्ड म्युजिकले दर्शकलाई गाउँले परिवेशमा तानेको छ। यसअघि सार्वजनिक पोस्टर र टिजरले नै चर्चा कमाइसकेको ‘रिमै’ ट्रेलरले पनि दर्शकमाझ उत्साह जगाएको छ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रा.लि.को प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको यस सिनेमामा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिबी गुरुङ, टेक गुरुङ, साथै बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरलगायतको अभिनय रहेको छ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाले लेखेको पटकथामा आधारित यस सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन्। कार्यकारी निर्माता वीरबल घले रहेका छन् भने टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता र बिनु गुरुङ, रोशन भट्टराई तथा राजेश घिमिरे सह–निर्माता रहेका छन्।

सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि. गुरुङ सम्पादक रहेका छन्।

सम्बन्धित समाचार

सबै