९८औँ एकेडेमी अवार्ड (अस्कर) का लागि नेपाली चलचित्रको आवेदन खुला

0 Shares

 अमेरिकी चलचित्र जगतको सबैभन्दा प्रतिष्ठित पुरस्कार ‘द अस्कर अवार्ड’ अर्थात् एकेडेमी अवार्ड्समा नेपालको तर्फबाट पठाउनुपर्ने चलचित्र छनोटका लागि आवेदन खुला गरिएको छ। ‘विदेशी भाषी चलचित्र’ (Best International Feature Film) विधामा प्रतिस्पर्धा गर्न नेपालमा गठित ‘विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल)’ले एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेसले तोकेका सबै मापदण्ड पूरा गर्ने उत्कृष्ट चलचित्र छनोट गरी सिफारिस गर्ने जनाएको छ।

एकेडेमीले घोषणा गरेअनुसार, सन् २०२६ मार्च १५ मा आयोजना हुने ९८औँ एकेडेमी अवार्ड्समा सहभागी हुन २०२४ अक्टोबर १ (२०८१ असोज १५) देखि २०२५ सेप्टेम्बर ३० (२०८२ असोज १४) भित्र सार्वजनिक प्रदर्शनमा आएका वा आउने नेपाली चलचित्र योग्य हुनेछन्। चलचित्र दर्ता गर्न २०२५ सेप्टेम्बर ५ (२०८२ भाद्र २०) साँझ ५ बजेसम्म समय तोकिएको छ।

समितिका अनुसार, आवेदन दिने चलचित्रले तलका कागजात र प्राविधिक आवश्यकताहरू अनिवार्य रूपमा बुझाउनुपर्नेछः

  • चलचित्रको सेन्सर प्रमाणपत्र

  • कम्तीमा ७ दिन सार्वजनिक प्रदर्शन भएको प्रमाण (विज्ञापन वा समाचार कटिङ) – पहिल्यै प्रदर्शन भएका चलचित्रको हकमा

  • ओटीटी रिलिज भएमा प्रमाणपत्र

  • ३५ एमएम वा ७० एमएम भिडियो संस्करण

  • २०४८×१०८० पिक्सेलसम्मको प्रोजेक्टर रेजोल्युसन भएको भिडियो

  • ५.१ वा ७.१ अडियो फर्म्याट

  • निर्देशक–निर्मातासहितको क्रेडिट सूची

  • अङ्ग्रेजी सबटाइटल

  • चलचित्रको संक्षिप्त सारांश

  • निर्देशकको फिल्मोग्राफी र फोटो

  • ३–५ वटा स्थिर फोटा

  • ६०० dpi tiff फर्म्याटमा रिलिज पोस्टर

विस्तृत जानकारीका लागि समितिको सचिवालयसँग [email protected] मा सम्पर्क गर्न वा समितिका अध्यक्ष बिमल पौडेललाई ९७६८८८५११९ मा फोन, एसएमएस वा ह्वाट्सएपमार्फत सम्पर्क गर्न सकिने जनाएको छ।

सम्बन्धित समाचार

सबै