भिडियोमा हेर्नुस् कस्तो बन्यो हरिवंशको ‘हरिबहादुरको जुत्ता’को टिजर

0 Shares

 दशैंको फूलपातीका दिन अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म *‘हरिबहादुरको जुत्ता’*को टिजर सार्वजनिक गरिएको छ।

निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस फिल्मको टिजरले कथावस्तु, चरित्र चित्रण र फिल्मका विभिन्न आयामलाई दर्शाउने प्रयास गरेको छ।

फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने र कमलमणि नेपालको अभिनय रहेको छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको यस फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। छायांकन कृष्णबहादुर थापाले गरेका छन् भने सम्पादन नहकुल खड्काले गरेका हुन्।

फिल्ममा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको छ। गीतमा आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंको स्वर सुन्न सकिन्छ।

‘हरिबहादुरको जुत्ता’ नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा पनि दशैंको फूलपाती (असोज १३) देखि प्रदर्शनमा आउने भएको छ।

सम्बन्धित समाचार

सबै