अघिल्लो वर्ष कमाइका मामलामा कोसेढुङ्गा नै स्थापित गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको तत्पश्चातको नयाँ सिनेमा ‘कोशेढुङ्गा’ आजबाट सार्वजनिक प्रदर्शनमा आएको छ ।
फिल्मलाई लिएर नेपाली रजतपट अत्यन्त उत्सुक छ।
ब्लकबस्टर फिल्मका निर्देशकको नयाँ सिनेमा भएकाले पनि नेपाली रजतपटमा उत्सुकता देखिएको हो।
धेरैको उत्सुकता यो फिल्मले कस्तो व्यापारिक प्रदर्शन गर्ला भन्नेमा छ। यस्तै यसको समीक्षात्मक कोणको पनि राम्रै प्रतिक्षा छ।
सरोजले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै करिब ४७ करोड ५० लाखभन्दा बढी ग्रस कलेक्सन गरेको थियो।
‘कोशेढुङ्गा’मा सुरक्षा पन्त, आर्यन सिग्देल, मञ्जिल कुमार, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत कलाकारको अभिनय रहेको छ।
महिलाप्रधान फिल्मको मुख्य भूमिकामा सुरक्षा पन्त छिन्।
नरदेवी फिल्म्सको प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन्। कार्यकारी निर्मातामा दिनेश खड्का रहेका छन्।
बाबु श्रेष्ठको डीओपी रहेको फिल्ममा नहकुल खड्काको सम्पादन, आषिश अविरल र रिदम कँडेलको संगीत रहनेछ। फिल्मका कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन्।