‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक

0 Shares

फिल्म ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक भएको छ ।

भदौ २७ गते रिलिज हुने फिल्मको ट्रेलर निर्माण पक्षले आज सार्वजनिक गरेको हो ।

ट्रेलरले फिल्मको कथा खुलाएको छ । प्रेमको नाटक, अपहरण र फिरौतीको वरिपरि ट्रेलर घुमेको छ । प्रेमीको नाटक गरेर उसैलाई अपहरण गरी उसकै बुबासँग फिरौती रकम माग्ने युवकको कथा फिल्ममा रहेको स्पष्ट पारिएको छ ।

घरबारबिहीन एक युवकले पैसाका लागि के–केसम्म गरेको छ भन्ने देखाइएको छ । पैसा भनेपछि दुई नम्बरी धन्दा वा मेहनतको कमाइ, सबैमा मानिसले गिद्धे नजर लगाएर गलत कार्यमा पनि साथ दिने मनोविज्ञान देखाइएको छ ।

भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाललगायत कलाकारलाई देखाइएको छ ।

फिल्म ‘अभिमन्यु’ भदौ २७ गते रिलिज हुँदैछ । यस फिल्मको हिन्दी भर्सन असोज ६ (सेप्टेम्बर २२) मा रिलिज हुने बताइएको छ । हिन्दी भर्सन पनि वर्ल्डवाइड रिलिज हुनेछ ।

फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्कन खोज्ने व्यक्तिको संघर्षको कथा भन्नेछ ।

फिल्म ‘अभिमन्यु’मा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतको अभिनय छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गरेका हुन् ।

मुकेश खनालद्वारा लेखिएको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।

‘अभिमन्यु’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता हुन् भने कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

जीवन शाक्य लाइन प्रोड्युसर, मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंगसम्योजन, मदन घिमिरे सम्पादक र शरद महतो डिओपीका रूपमा रहेका छन् ।

सम्बन्धित समाचार

सबै