सविन श्रेष्ठको ‘मनका कुरा’ सार्वजनिक

0 Shares

गायक सविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ। सविनले ‘मनका कुरा’ बोलको गीत ल्याएका हुन्।

सविनकै शब्द, संगीत र स्वर रहेको गीतमा खुसी खोज्दाखोज्दै हरेस खाएको प्रेमीको कथा प्रस्तुत गरिएको छ। माया पाउन संघर्ष गर्दागर्दै थाकेको प्रेमीको पीडालाई गीतले समेटेको छ।

एक्लिएको जीवनमा मनको बह पोख्ने साथी पनि नहुँदा उदास बनेको प्रेमीको कथालाई गीतले चित्रण गरेको छ। प्रेम र धोकाको वरिपरि घुमेको यो गीत सविनका प्रायः गीतझैँ बिछोड र पीडाभन्दा बाहिर जान सकेको छैन।

गीतको मिक्सिङ तथा मास्टरिङ गोपाल रसाइलिले गरेका छन्। भिडियो पनि निर्माण गरिएको छ, जसमा सुजन जिम्बा र दिप्शा कार्कीको अभिनय देख्न सकिन्छ।

संकल्प भुजेलले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् भने निर्देशन दिमेश श्रेष्ठले गरेका हुन्। भिडियोको कन्सेप्ट पनि निर्देशक स्वयं दिमेशकै हो।

सम्बन्धित समाचार

सबै