‘अभिमन्यु – च्याप्टर १’को ‘फरक प्रकार’को टाइटल ट्र्याक सार्वजनिक

0 Shares

सेभेन सिज सिनेमाको प्रस्तुतीमा तयार भएको फिल्म ‘अभिमन्यु – च्याप्टर १’ को टाइटल ट्र्याक सार्वजनिक भएको छ। आगामी भदौ २७, २०८२ (सेप्टेम्बर १२, २०२५) मा रिलिज हुन लागेको यस फिल्मको गीतलाई व्योमा (@VyomaOfficial_) ले स्वर, शब्द र कम्पोज गरेका छन्। गीतमा महेन्द्र बाठाले संगीत निर्माण गरेका छन् भने गिटारमा पुरुष्कार खड्का र मिक्सिङ/मास्टरिङमा श्रावल आरपीको योगदान रहेको छ। गीतलाई जाज प्रोडक्सन्समा रेकर्ड गरिएको हो।

गीतको भिडियो सम्पादन, रंग संयोजन र छायांकन योगेश दाहालले गरेका छन्।

फिल्म ‘अभिमन्यु – च्याप्टर १’ मा कमलेश्वर चौरसिया, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, सरिता गिरी, प्रकाश दाहाल, किरण श्रेष्ठ, सुष्मा निरौला, शिशिर बाङ्देल, अनिल कुर्मी, आवा प्रधान, टिका निरौला, सरदा गिरी, सेबिता अधिकारी, तुफान थापा, गणेश प्रसाद पौडेल, विजय नेपाल, बिमल यादव, राजा शंकर गिरी र अञ्जली शाह लगायतको अभिनय रहेको छ। साथै जूनियर आर्टिस्टमा प्रिन्स शाह र अन्सु महतो छन्।

फिल्मको लेखन मुकेश खनालले गरेका हुन् भने निर्देशन सुसान्त गौतमले गरेका हुन्। निर्माता बिनोद पौडेल र गुन्जन गिरी हुन् भने सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ छन्। कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, निराजन लुइटेल र सन्देश श्रेष्ठ छन्।

लाइन निर्माता जीवन शाक्य हुन्। सम्पादन सुरेन्द्र जेडि पौडेल र मदन घिमिरेले गरेका छन्। छायांकन सरद महतोको छ भने फिल्मका क्रिएटिभ डिरेक्टर मदन थापा हुन्।

सम्बन्धित समाचार

सबै