‘जारी-२’ रिलिज गर्‍यो ‘आम्लारी’ गीत

0 Shares

असोज ३ गते रिलिज हुने ‘जारी–२ : सङ अफ च्याब्रुङ’ले नयाँ गीत सार्वजनिक गरेको छ।

‘अम्लारी’ बोलको उक्त गीतमा अविज्ञा घिमिरे र विकास लिम्बुको युगल स्वर छ। गीत सुष्मा सिग्देलले लेखेकी हुन् भने सुशान्त गौतमले संगीत दिएका हुन्।

फिल्मका लेखक तथा निर्देशक उपेन्द्र सुब्बा हुन्। यसलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्।

फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन्। साथै बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय पनि रहेको छ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा बनेको यसलाई वर्षको उच्च व्यापारिक सम्भावना बोकेको फिल्म मानिएको छ।

‘जारी’ फिल्म २०८० सालको ब्लकबस्टर बनेको थियो। सो वर्ष यसले नेपाली बक्स अफिसमा १७ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको थियो। त्यसैले घोषणा भएदेखि नै ‘जारी–२’लाई अत्यन्त प्रतिक्षित फिल्मको सूचीमा राखिएको हो।

फिल्मले अघिल्लो भागको सफलता दोहोर्याउने बलियो अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै