0
Shares
‘पूर्ण बहादुरको सारङ्गी’ फेम अभिनेता विजय बराललाई पुत्रीलाभ भएको छ । बागबजारस्थित काठमाडौं मोडेल हस्पिटलमा बरालकी श्रीमती प्रमिलाले छोरीलाई जन्म दिएकी हुन ।
यसअघि बरालको एक छोरा जन्मिसकेका छन् जो यतिबेला साढे दुई वर्षको भइसकेका छन् ।
‘आज जीवनले फेरि एउटा कविता लेखिदियो । प्रिय प्रमिला, न्यानो सास, मनमा चलेको बेजोड ढुकढुकी र आमाको थाकेको अनुहारबीच जन्मिएको फेरि एउटा नयाँ संसार । परिवारमा सदस्यको रुपमा लक्ष्मीको आगमन भएको छ, डा. अरुणा कार्की एण्ड टिमलाई धन्यवाद ’, छोरी जन्मिएको खुसी व्यक्त गर्दै बरालले फेसबुकमा लेखेका छन् ।
