‘चुना लाएर’ गीतको भिडियो सार्वजनिक

0 Shares

सिम्रन परियारको स्वरमा समावेश ‘चुना लाएर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। दिनेश सुवेदीको शब्द र बाबुल गिरीको संगीत रहेको यस गीतमा मोडल इशा परियारले आकर्षक नृत्य प्रस्तुत गरेकी छिन्।

लामो समयदेखि मोडलिङ क्षेत्रमा सक्रिय इशाले यसअघि नायक पल शाहसँग ‘डार्लिङ डार्लिङ’ बोलको गीतमा पनि काम गरिसकेकी छिन्। उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा नृत्य गरिसकेकी छिन्, जसमा उनको अनुभव र मिहिनेत स्पष्ट देखिन्छ।

यस भिडियोमा इशासँगै विशाल कैनी, रमेश अधिकारी, रमेश वुढाथोकी र दीपेन्द्र कुँवरको पनि अभिनय देख्न सकिन्छ। विशाल कैनीकै कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यस भिडियोमा नवराज उप्रेतीले छायांकन गरेका छन् भने मिलन विश्वकर्माले सम्पादन गरेका छन्। भिडियोमा एक युवतीको बदलाको कथा प्रस्तुत गरिएको छ।

सम्बन्धित समाचार

सबै