यस पटकको बडा दसैँ तथा तिहारको अवसरमा नेपाली फिल्म हेर्न चाहने दर्शकका लागि खुसीको खबर छ।
नेपालीहरूको महान् पर्व दसैँ–तिहारलाई लक्षित गर्दै नेपाली ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले ‘दसैँ–तिहार मुभी मेला’ सार्वजनिक गरेको छ। यसअन्तर्गत अहिलेका चर्चित नेपाली फिल्महरू पिताम्बर, गाउँ आएको बाटो, होस्टेल ३ र फेरी रेशम फिलिली रिलिज भएका छन्।
विभिन्न शैली र कथावस्तु समेटिएका यी फिल्म दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराइएको हो।
दर्शकले यी फिल्महरू गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा ‘सिनेमाघर एप’ डाउनलोड गरी वा क्रोमकास्टमार्फत सहजै हेर्न सक्नेछन्। साथै, वेब ब्राउजर प्रयोग गरी कम्प्युटरमै पनि हेर्न सकिने बताइएको छ।
नेपालकै प्रमुख चाडपर्व दसैँ–तिहारको माहौललाई अझ रमाइलो बनाउन गरिएको यो पहलले नेपाली फिल्म उद्योगलाई डिजिटल प्लेटफर्ममा थप प्रोत्साहन दिने अपेक्षा गरिएको छ।