चलचित्र ‘बलिदान’को गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक, आदिवासीबिच देखिए समीर

0 Shares

आउँदो सोमबार फूलपातीको दिनदेखि प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाली चलचित्र ‘बलिदान’को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ। यस गीतमा सुजन चापागाईँको सङ्गीत, सुजन र भुषण खतिवडाको स्वर तथा हर्क साउदको शब्द रहेको छ।

गीतको भिडियोमा घना जङ्गलभित्रको आदिवासी बस्ती देखाइएको छ, जहाँ आदिवासी समुदायबीच अभिनेता समीर भट्टले नृत्य र अभिनय गरेका छन्। भिडियोमा कोरियोग्राफर सुनिल क्षेत्री र चलचित्रका निर्देशक सन्तोष सेनलाई समेत देख्न सकिन्छ। सेनले चलचित्रमा आदिवासी मुखियाको भूमिका निर्वाह गरेका छन्।

यसअघि चलचित्र ‘बलिदान’लाई केन्द्रीय चलचित्र जाँच समितिले पेरेन्टल गाइडेन्स (PG) प्रमाणपत्र प्रदान गरिसकेको छ। सन्तोष सेन निर्देशित यस चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय रहेको छ।

निर्माता पक्षका अनुसार चलचित्रले हालसम्म करिब २५० शो सुनिश्चित गरिसकेको छ भने हल सञ्चालकको मागअनुसार यो सङ्ख्या ३०० सम्म पुग्ने सम्भावना छ। अग्रिम टिकट बिक्री सुरु भएसँगै दर्शकको उत्साह उच्च देखिएको छ।

‘आसुसेन फिल्म प्रोडक्सन प्रा.लि.’को ब्यानरमा बनेको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्। दसैँको अवसर पारेर रिलिज हुन लागेको यस चलचित्रलाई पारिवारिक मनोरञ्जनको मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै