‘मैझारो’ फिल्मको ट्रेलर रिलिज

0 Shares

विल्सन बिक्रम राई (तक्मेबुढा) को लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मैझारो’ को ट्रेलर मंगलबार सार्वजनिक गरिएको छ।

तीन मिनेट ४९ सेकेन्ड लामो ट्रेलरमा प्रेमका लागि संघर्ष गर्ने पात्रहरूको यात्रा र त्यसपछिका समस्याहरू देखाइएको छ। ट्रेलरमा मुख्य कलाकार धिरज मगर, मिरुना मगर, दिया पुन देखि दयाहाङ राईसम्म देखिएका छन्। साथै, निर्देशक विल्सन राई आफैंले अभिनय पनि गरेका छन्।

ट्रेलर रिलिजअघि निर्माण टिमले दुई वटा गीत सार्वजनिक गरिसकेको छ। एउटा प्रेम गीत थियो भने अर्को पूर्वेली नाचको शैलीमा बनाइएको साकेला। यी गीतहरूले दर्शकमा निकै उत्साह पैदा गरेका छन्।

निर्देशक राईकै कथा रहेको फिल्म ‘मैझारो’ पूर्वको इलाम–पाँचथर आसपासमा छायांकन गरिएको हो। तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन, विशाल लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।

गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राई को संगीत छ भने गायनमा राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारी लगायतले स्वर दिएका छन्।
छायांकन सौरभ लामाले गरेका हुन्। फिल्मको वितरण आरआर फिल्मस्ले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।

फिल्म ‘मैझारो’ आगामी तिहारको भाइटीका, कातिक ७ बाट देशभर रिलिज हुँदैछ।

सम्बन्धित समाचार

सबै