किन मनपराए त दर्शकले ‘परान’? आखिर के छ ‘परान’मा?

0 Shares

शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘परान’ उत्कृष्ट प्रतिक्रिया बटुल्न सफल भएको छ।

भावनात्मक पारिवारिक कथा प्रस्तुत गर्ने यो फिल्म हेरेर दर्शकहरू भक्कानिएको भिडियोहरू सामाजिक सञ्जालमा छ्याछ्यासी भइरहेका छन् भने हेर्ने जोकोहीले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्।

दर्शकले मुख्य रूपमा फिल्मको कथा र प्रस्तुतिलाई मनपराएका छन्।

यसको कथानकको लयले दर्शकलाई विस्तारै भावनात्मक रूपमा बाँध्दै लैजान्छ — कहिले हसाउँछ, कहिले सोचमग्न बनाउँछ, कहिले नोस्टाल्जिक बनाउँदै भक्कानिनेसम्म बनाउँछ।

आफू जन्मिएको र हुर्किएको ठाउँभन्दा टाढा पुगेकालाई यसले अझ भावनात्मक बनाउने काम गरेको छ।
फिल्मले पस्किएको पारिवारिक कथामा दर्शकले धेरैजसो क्षणमा आफूलाई अनुभूत गर्छन्, जसका कारण उनीहरूले यो फिल्मलाई मन नपराई बस्न सक्दैनन्।

यसले परिवारको अर्थ, महत्व, बाबुछोराको सम्बन्ध, पुँजीवादले खलबलिएका नेपाली परिवार, दुई पुस्ताबीचका फरक सोच र सपनाले उत्पन्न हुने परिस्थितिका द्वन्द्वहरूलाई प्रस्तुत गर्छ।

यी विषयहरूमा दर्शकले निसर्त आफूलाई सहमत गराउँछन्।

यसरी, दर्शकले सहज रूपमा आफूलाई नै पर्दामा हेरिरहेझैँ अनुभव गरेका कारण फिल्मले दर्शकलाई शतप्रतिशत सन्तुष्टि दिएको छ।
मोटामोटी रूपमा फिल्मले दर्शकलाई ठग्दैन।

यस्ता नै कारणहरूले गर्दा फिल्म दर्शकले मनपराएका हुन्।

फिल्ममा नीर शाह, पूजा चन्द, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, महेश त्रिपाठी र बुद्धि तामाङ आदिको प्रमुख भूमिका रहेको छ।

सम्बन्धित समाचार

सबै