निर्देशक ज्ञानेन्द्र देउजाको ‘झिँगेदाउ–२’मा महेश त्रिपाठी र आर्यन सिग्देल अनुबन्धित भएका छन्।
आगामी १५ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको यस फिल्ममा निर्देशक देउजाले मुकुनको सट्टा महेशलाई अनुबन्धित गरेका हुन्।
यस सिक्वलमा महेश र आर्यनसँगै सरोज खनाल, वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंह लगायत नयाँ अनुहारहरू पनि अनुबन्धित गरिएका छन्।
उनीहरूका अलावा अघिल्लो सिक्वलका मुकुनबाहेक केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, अंशु महर्जन, विजय देउजा, संगम भण्डारी, हिउँवाला गौतम र आयन खड्का लगायतका कलाकारहरू यथावत् रहेका छन्।
फिल्मका निर्माता शुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन्।
ईश्वर घिमिरे प्रोडक्सन हेड रहेको यस फिल्ममा बिष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्र डी. गुरुङको सम्पादन रहनेछ।
यस फिल्मलाई अर्को वर्षको दशैंमा रिलिज गर्ने घोषणा निर्देशक देउजाले गरेका छन्।
फिल्मलाई एप्पल इन्टरटेन्मेन्टले देशव्यापी रूपमा प्रदर्शन गर्नेछ।