जन्मदिनको दिन नै साम्राज्ञी शाहले गरिन् इन्गेजमेन्ट घोषणा

0 Shares

आज मंगलबार परेको जन्मदिन पारेर अभिनेत्री साम्राज्ञी शाहले इन्गेजमेन्ट गरेको सार्वजनिक गरेकी छन् ।

 आफ्नो इन्स्टाग्राममा उनले सार्वजनिक गरेका इन्गेजमेन्टका केही तस्वीरमा साम्राज्ञीले हीराको औँठी लगाएको देखिन्छ। आइतबार एक युवकसँग उनले इन्गेजमेन्ट गरेको बताइए पनि, उनले उनको पहिचान भने खुलाएकी छैनन्।

साम्राज्ञीले ‘S & B’ ह्यासट्याग उल्लेख गर्दै भावुक शब्दहरूमार्फत आफ्नो मनोभाव व्यक्त गरेकी छन्। उनले लेखेकी छन्—

“जसका लागि मैले प्रार्थना गरेँ। मेरो भाषा बोल्न सक्ने एक शान्त आत्मा। कहिल्यै समात्न नसकिने शब्दहरूसहित आभारी छु। तिम्रो आँखा मेरो आँखासँग ठोक्किँदा सिर्जना भएको एक जादू। एक मौन कुराकानी जसले धेरै कुरा बोल्छ। फेरि चिप्लिन नदिइकन मेरो हात बलियोसँग समातेकोमा धन्यवाद। तिमीले मलाई सम्झायौ कि माया गर्नु सजिलो छ—दयालु र कोमल हुनु। सधैं र सधैंभरि मेरो हृदय समातिरहनू।”

उनको घोषणा सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा प्रशंसक र सेलिब्रिटीहरूबाट बधाई दिइरहेका छन् ।

सम्बन्धित समाचार

सबै