बक्सअफिसमा फिक्का सावित भयो ‘झरीपछिको इन्द्रेणी’, यस्तो छ कमाइ

0 Shares

फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले घरेलु बक्सअफिसमा अहिलेसम्म ६२ लाख ६९ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ। अपेक्षाकृत प्रचार र चर्चाका बाबजुद फिल्मको कमाइ अनुमानभन्दा कम देखिएको छ।

सिनेमा विकास बोर्ड (सिनेपा) का अनुसार, गत शनिबार अर्थात् १२ पुससम्म फिल्मले ६२ लाख ६९ हजार ४७५ रुपैयाँ ग्रस व्यापार गरेको हो। यस अवधिमा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा बनेको फिल्मका १९ हजार ७९३ वटा टिकट बिक्री भएका छन्।

फिल्मको प्रचारप्रसारमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह स्वयं सक्रिय देखिएका थिए। उनले प्रचार मात्र होइन, फिल्मको ‘फसायो लमीले’ बोलको गीत समेत आफ्नै च्यानलबाट रिलिज गर्न दिएका थिए। अन्य गीतमा मिलियन फ्लोअर्स बटुल्ने गीतले तुलनात्मक रुपले कम भ्यूज पाएको थियो । पछि सो गीत ओएसआर च्यानलमा पुनः रिरिलिज गरिएको थियो । त्यहाँ पनि गीतले दुई सातामा एक लाख २४ हजार मात्र भ्यूज पाएको छ ।

निर्माण पक्षले यो गीतबाट धेरै नै आशा राखेको थियो ।

यस्तै फिल्मका लागि बालेनले एक गीत समेत गाएका थिए। यति हुँदाहुँदै पनि बक्सअफिसमा फिल्मले अपेक्षित सफलता हासिल गर्न सकेको छैन।

कमजोर पटकथा र निर्देशनका कारण फिल्मले दर्शक रिझाउन नसकेको हो।

सम्बन्धित समाचार

सबै