दयाहाङको ‘मिरमिरे’ आजबाट प्रदर्शनमा

0 Shares

काठमाडौँ — दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘मिरमिरे’ आजबाट प्रदर्शनमा आएको छ। माघे संक्रान्तिको अवसरमा देशभर प्रदर्शन सुरु भएको यस फिल्मले बुवा–छोरीको भावनात्मक सम्बन्ध र त्रिकोणात्मक प्रेमकथालाई केन्द्रमा राखेको छ।

चलचित्रमा अभिनय गर्दै दयाहाङ राईले नेपाली कलाकारमा ‘प्यासन छैन’ भन्ने धारणा चुनौती दिन ‘मिरमिरे’मा काम गरेको बताए।

‘मिरमिरे’ यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको हो र यार्सा फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको छ। फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।

निर्मातामा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा छन्। सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर, कार्यकारी निर्मातामा आरआर फिल्म्सका सञ्चालक रोहित कट्टेल रहेका छन्।

वीरेन्द्र शाही लाइन प्रोड्युसर, सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेको फिल्मको वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले गरेको छ।

१०५ मिनेटको रनटाइम भएको मिरमिरे ले देशभर करिब १५० शो पाएको छ। क्यूएफएक्स मल्टिप्लेक्समा काठमाडौं उपत्यकाका हलहरूमा १६ शो, मोफसलमा २३–१६ शो, आईएनआईका ६ आउटलेटमा ११ शो, बिग मुभिजमा ३ शो, एफक्युब सिनेमामा ५ शो र वान सिनेमा जस्ता दुई आउटलेटमा ९ शो रहेका छन्।

सम्बन्धित समाचार

सबै