सरगम राईको नयाँ गीत ‘मगमग बसना’ सार्वजनिक

0 Shares

काठमाडौं। गायक सरगम राईको नयाँ सांगीतिक कृति ‘मगमग बसना’ सार्वजनिक गरिएको छ। स्वर, शब्द र संगीत स्वयं सरगम राईकै रहेको गीत आरजिटी फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ ल्याइएको हो।

उत्साह, उमंग, प्रेम र सकारात्मक भावनालाई केन्द्रमा राखेर तयार गरिएको गीतले श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ। गीतको एरेन्जमेन्ट बादल लिम्बुले गरेका हुन्, जसले संगीतलाई थप सुमधुर र आधुनिक स्वाद दिएका छन्।

सरगम राई यसअघि ‘खुशी साटौँ जुनी काटौँ’, ‘माया गाढा छ’, ‘पाती चढाउँला’ र ‘दुई मुटु’ जस्ता लोकप्रिय गीतमार्फत श्रोतामाझ स्थापित भइसकेका छन्।

गीतको म्युजिक भिडियोको छायांकन दिनेश पराजुलीले गरेका छन् भने सम्पादन विकास दाहालको रहेको छ। भिडियोको कथा तथा निर्देशन सोनम पाख्रिनले सम्हालेका हुन्। भिडियोमा कलाकार बुद्धि तामाङ, बेदना राई र राज दोङको अभिनय देख्न सकिन्छ।

निर्माण टिमका अनुसार गीतले प्रेमको सुवास र सकारात्मक सन्देश बोकेको छ, जसले युवा पुस्तादेखि पारिवारिक दर्शकसम्मलाई जोड्ने लक्ष्य राखेको छ।

सम्बन्धित समाचार

सबै