‘आ बाट आमा’ लाई युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकका लागि खुला

0 Shares

काठमाडौँ। माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘आ बाट आमा’ ले केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। यससँगै फिल्म अब सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने भएको छ।

निर्देशक चन्द्र पन्त ले फिल्म परिवारमै बसेर हेर्न मिल्ने गरी निर्माण गरिएको बताए। उनका अनुसार शीर्षकले नै फिल्मको भावनात्मक र पारिवारिक स्वरूप झल्काउने भएकाले सबै पुस्ताका दर्शकलाई लक्षित गरिएको हो।

फिल्मको प्रचारप्रसारका लागि अभिनेत्री विपना थापा र भारतीय अभिनेता प्रदीप रावत नेपालमै सक्रिय छन्। यस्तै कलाकार पल शाह, उषा उप्रेती र सिम्रन पन्त पनि प्रचार अभियानमा जुटिरहेका छन्।

फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा’ दर्शकमाझ लोकप्रिय बनेको निर्माण पक्षले जनाएको छ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको अभिनय छ।

कथा तथा पटकथा निर्देशक चन्द्र पन्तकै रहेको फिल्ममा संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम ले दिएका छन्। संवाद लेखनमा अभिमन्यू निरवी सहित निर्देशक पन्त र अमर न्यौपानेको सहकार्य छ। छायांकन नवराज उप्रेती, सम्पादन मिलन श्रेष्ठ, तथा ट्रेलर–टिजर निर्माण साहिल खान ले गरेका हुन्।

फिल्म आरआर फिल्म्स मार्फत वितरण हुँदैछ भने डिजिटल अधिकार ओएसआर डिजिटल सँग रहेको छ।

सम्बन्धित समाचार

सबै