0
Shares
काठमाडौँ – अभिनेत्री आना शर्मा आफू कार्यकारी निर्मात्री रहेको फिल्म ‘रमिताको पिरती’ को प्रचारप्रसार चलिरहेका बेला, उनले नयाँ फिल्म ‘टनेल २६’ को छायांकनको लागि सोमबार भुटान प्रस्थान गरेकी छन्।
भुटानमा केही सातासम्म चल्ने छायांकनमा आना शर्मा सँगै अनुपविक्रम शाही र भुटानी कलाकार साङ्गे सेल्ट्रिम पनि सहभागी छन्। नेपाल–भुटान सह-निर्माणमा बन्ने यस फिल्मको छायांकन भुटानका विभिन्न लोकेशनमा भइरहेको छ।
भुटानी कलाकार साङ्गे सेल्ट्रिमका अनुसार, आना शर्मा यस फिल्ममा प्रवेश गर्दा उत्साहित र पूर्ण रूपले तयार देखिएकी छिन्। नेपाली दर्शकले चाँडै यो फिल्ममा आना र अनुपविक्रमको नयाँ जोडी देख्न पाउनेछन्।