फिल्मको पार्श्व गायन छोडेका अरिजित अरबौंका मालिक तर पनि बस्छन् गाँउमा छोराछोरी पढ्छन् स्थानीय स्कूलमै

0 Shares

काठमाडौं — बलिउड तथा संगीत उद्योगका चर्चित प्लेब्याक गायक अरिजीत सिंहले २७ जनवरीमा अचानक पार्श्व गायनबाट सन्यास लिने हुने घोषणा गरे। उनले आफ्नो इन्स्टाग्राम पोस्टमार्फत  प्लेब्याक गीत गाउने कार्यबाट टाढा बस्ने तर संगीतसँग सम्बन्धित अन्य कामहरूमा डटेर काम गर्ने सम्भावना खुल्ला राखेका छन्।

अरिजीतको चर्चा मात्र संगीत कारण होइन, उनको सादगीपूर्ण जीवनशैलीका लागि पनि छ। करोडौंको सम्पत्ति भएका भए तापनि उनी भव्य जीवनशैलीभन्दा टाढा रहेर बस्न रुचाउँछन्। जहाँ धेरै कलाकारहरू मुंबईमा बसोबास गर्छन्, त्यहीँ अरिजीत केवल कामका लागि मात्र मुम्बइ जान्छन् र बाँकी समय आफ्नो गाँउ – पश्चिम बंगाल, मुर्शिदाबादको जियागंजमा बिताउँछन्।

सोच्ने कुरो छ – अरबौंका मालिक यी चर्चित कलाकारले आफ्ना छोराछोरीलाई गाँउकै स्थानिय विद्यालयमा पढाउन रुचाएका छन्।

उनका एक नजिकका साथी इंद्रदीप दास गुप्ता अनुसार, अरिजीतलाई चम्किला संसारले कहिल्यै धेरै प्रभाव पारेको छैन। त्यसैले उनी आफ्नो परिवारलाई पनि आफ्नो जरा र संस्कृतिसँग जोडेर बस्न प्रेरित गर्छन्। घरमै उनले स्टूडियो पनि बनाएका छन्, जहाँ बिविध संगीत सम्बन्धि काम गर्छन्।

भारतीय संचारमाध्यमहरुका अनुसार गायक अरिजीत सिंहको नेटवर्थ लगभग ₹४१४ करोडभारू/भारतीय रुपैयाँ छ।

यद्यपि, उनले त्यो धनलाई जीवनशैलीमा ठूलो भाग दिनुभन्दा पनि सादगी र मूल्यमय सम्बन्धहरूमा केन्द्रित जीवन रोजेका छन्।

सम्बन्धित समाचार

सबै