मदन ढकालको ‘मुग्लिङ’ सार्वजनिक: बले, कक्रोज, सुनिशा र जुनुको दमदार नृत्य

0 Shares

गायक मदन ढकालले नयाँ डान्सिङ गीत ‘मुग्लिङ’ सार्वजनिक गरेका छन्। मदन ढकाल र दिपिका बयम्बु मगरको स्वरमा रहेको गीतको भिडियो हालै रिलिज गरिएको हो।

गीतमा शब्द गायक मदन ढकालकै रहेको छ भने संगीत संयोजन घनश्याम खत्रीले गरेका हुन्। एरेन्जमेन्ट आशिष अबिरलको रहेको छ।

भिडियोमा चर्चित कलाकारहरूको दमदार प्रस्तुति देख्न सकिन्छ। सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), सुनिशा बजगाईं (सीता) र जुनु एसडीले अभिनय तथा नृत्यमार्फत भिडियो आकर्षक बनाएका छन्। गायक मदन ढकाल स्वयं पनि भिडियोमा देखिएका छन्। विशेषगरी सागर, हरिश र जुनुको ऊर्जाशील नृत्यले गीतलाई थप मनोरञ्जनात्मक बनाएको छ।

भिडियोको कोरियोग्राफी तथा निर्देशन जेरी भण्डारीले गरेका हुन् भने छायाङ्कन दिनेश पराजुलीले गरेका छन्। सम्पादन सुजन कोइरालाको रहेको छ।

गीतबारे गायक मदन ढकाल भन्छन्,

“यसपटकको गीत पूर्ण रूपमा डान्सिङ शैलीमा छ। सबैको मनमा बस्नेमा हामी विश्वस्त छौं। अडियो र भिडियो दुवैमा हामीले कुनै कमी हुन दिएका छैनौं, दर्शक र श्रोताले पनि त्यही महसुस गर्नुहुनेछ।”

गीतको भिडियो ‘बले इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सम्बन्धित समाचार

सबै