भारतको दिल्ली उच्च अदालतले भारतीय राजश्व सेवाका पूर्व अधिकृत समीर वानखेडेलाई नेटफ्लिक्स सिरिज ‘द ब्याड्स अफ बलिउड’ विरुद्ध मानहानि मुद्दा हालै मुम्बई सिभिल कोर्टमा दायर गर्न अनुमति दिएको छ। अदालतले वानखेडेले मुद्दा मुम्बईको सिभिल अदालतमा पेश गर्न मिल्ने ठहर गर्दै फेब्रुअरी १२ मा सुनुवाइको लागि उपस्थित हुन निर्देशन दिएको हो।
किन मुद्दा दायर भयो?
समीर वानखेडोले दाबी गरेका छन् कि सिरिजको एपिसोड–१ मा एक सरकारी अधिकारीको पात्र स्पष्ट रूपमा उनीसँग मिल्दोजुल्दो देखिएको थियो, जसले उनको प्रतिष्ठा र सार्वजनिक छवि नकारात्मक रूपमा प्रभावित गरेको हो। उनले यो प्रसंग सन् २०२१ को आर्यन खान ड्रग्स मुद्दासँग जोडिएको देखिएको बताउँदै २ करोड रूपैयाँ क्षतिपूर्तिको माग गरेका थिए र मानहानि रोक्ने आदेश पनि अदालतबाट चाहेका थिए।
वानखेडेको वकिलले यो सिरिज व्यंग्य नभएर उनको छविको विरोधाभासपूर्ण र नियोजित अपमान हो। अदालतले प्रारम्भिक रूपमा मुद्दा अस्वीकार गरे पनि पछि उनीलाई मुम्बई उच्च अदालतमा मुद्दा उठाउन अनुमति दिएको हो।
निर्माताको पक्ष के भन्छ?
रेड चिल्लीज् इन्टरटेन्मेन्ट(शाहरुख–गौरी खानको प्रोडक्शन हाउस) र नेटफ्लिक्सले आफ्ना वकिल मार्फत यो सिरिज डार्क ह्यूमर र व्यंग्य उद्देश्यले बनाइएकोर कुनै पनि निर्दिष्ट व्यक्ति वा घटना विरुद्ध खराब नियतले नबनाइएको जवाफ पेस गरेका छन्। उनीहरूले भनेका छन् कि समान्य सार्वजनिक अधिकारीहरूले आलोचना वा व्यंग्यसँग सामना गर्न सक्षम हुनुपर्छ।