पलको ‘आ बाट आमा’ निर्माण टिमले धन्यवाद दिदैं किन माग्यो माफी ?

0 Shares

दर्शकहरूबाट व्यापकरुपमा भावनात्मक प्रतिक्रिया आएको भन्दै नेपाली फिल्म ‘आ बाट आमा’ निर्माण टिमले आधिकारिक रूपमा माफी तथा धन्यवाद सन्देश जारी गरेको छ।

निर्माण पक्षले जारी गरेको प्रेस नोटमा फिल्म हेर्ने क्रममा धेरै दर्शक भावुक बनेको, भक्कानिएको तथा विगतका पीडादायी सम्झनाहरू ताजा भएको उल्लेख गरिएको छ। केही दर्शक फिल्म हेर्दाहेर्दै बेहोस भएको तथा केहीलाई मानसिक रूपमा गाह्रो परेको जानकारी आफूहरूले पाएको टिमले जनाएको छ।

प्रेस नोटमा भनिएको छ,

“हाम्रो उद्देश्य कसैलाई रुवाउने वा चोट पुर्‍याउने पक्कै थिएन। तर जब फिल्मको कथा आफ्नै जीवनको कथा जस्तो लाग्छ, तब मन थाम्न धेरै गाह्रो हुँदो रहेछ।”

निर्माण टिमले फिल्म हेर्ने सम्पूर्ण दर्शकप्रति आभार व्यक्त गर्दै, फिल्मका कारण कसैको मन दुखेको भए हामी माफी चाहन्छौं भन्ने सन्देश दिएको छ।

यो सन्देश निर्माता चन्द्र पन्त र आर्या इन्टरटेनमेन्ट परिवार को तर्फबाट जारी गरिएको हो।

फिल्म ‘आ बाट आमा’ हाल प्रदर्शनरत छ र यसको कथावस्तु आमा–सन्तान सम्बन्ध र भावनात्मक पारिवारिक यथार्थमा आधारित रहेको जनाइएको छ।

May be an image of text that says 'आ आमा वाट आामा IHI आधिकारिक माफी र धन्यवाद ...आ वाट आमा हरनुहुने सम्पूर्ण दर्शकहरुमा, हामी तपाइहरू सबैलाई एउटा 'सरी' भन्न चाहन्दीं। हाम्रो फिल्म हेरेर तपाईहरू धेरै रुनुमयो, भक्कानिनुमयो र पुराना पीडाहरू सम्मेर मन दुखाउनुमयो। कतिपय दर्शकहरू फिल्म हेदहिर्दे बेहोस हुनुमएको, कोही बिरामी पर्नुमएको र घेरैलाई मानसिक रूपमा गाहो भएको खवर हामीले पायों हामो उद्ेश्य कसैलाई रुवाउने वा चोट पुऱ्याउने पक्के थिएन तर जब फिल्मको कथा आप्नै जीवनको कथा जस्तो लाग्छ, तब मन थामन घेरै गाहो हूँदो रहेश हाम्रो फिल्म हेरिदिनुहुने प्रत्येक दर्शकलाई घेरै धेरै धन्यवाद, अनि तपाईको मन दुखेकोमा हामी माफी चाहन्दी। चन्दर पन्त आर्या इन्टरटेनमेन्ट परिवार'

सम्बन्धित समाचार

सबै