हल रिलिजमा लगानी उठाउन असफल ‘गोबर गणेश’को पछिल्लो कमाइ कति?

0 Shares

झण्डै २ करोड रुपैयाँ लगानी मा निर्माण भएको नेपाली फिल्म ‘गोबर गणेश’ बक्स अफिसमा अपेक्षाअनुसार चल्न नसक्दा व्यावसायिक रूपमा फ्लप सावित भएको छ।

उपलब्ध बक्स अफिस विवरणअनुसार फिल्मले हालसम्म १ करोड ४० लाख रुपैयाँ ग्रस कमाइ मात्र गरेको छ। हल रिलिजबाटै लगानी उठाउने सम्भावना कमजोर देखिएकाले निर्मातालाई घाटा व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको  छ।

फिल्मको सुरुआती प्रदर्शन सुस्त रहेपछि शो संख्या पनि क्रमशः घट्दै गएको छ। व्यापारिक रफ्तार हेर्दा आगामी दिनमा उल्लेखनीय उछाल आउने सम्भावना न्यून देखिन्छ।

करिब २ करोड लागत भएको फिल्मले सामान्यतया सुरक्षित व्यापार मानिन कम्तीमा ५–६ करोड ग्रस कमाउनुपर्छ र ‘गोबर गणेश’ हाल यो लक्ष्यभन्दा निकै टाढा छ।

बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ र वर्षा शिवाकोटी विनोद न्यौपाने,पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।

सम्बन्धित समाचार

सबै