काठमाडौं — आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने नेपाली फिल्म हामी तीन भाइको भावुक लिरिकल गीत ‘मैले जति दुःख, पीडा, कष्ट पाको भए’ सार्वजनिक गरिएको छ। महाशिवरात्रिको अवसर पारेर निर्माण टिमले गीत रिलिज गरेको हो।
गीतमा चर्चित गायक बाबुल गिरीको स्वर तथा संगीत रहेको छ। गीतले जीवनका दुःख, पीडा र संघर्षलाई गहिरो भावमा प्रस्तुत गर्दै “आफूले भोगेको कष्ट अरूले भोगेका भए सायद भगवान पनि रुन्थे” भन्ने भाव व्यक्त गर्छ। मार्मिक भावका कारण गीतले फिल्मको कथावस्तुको एक झलकसमेत दिने आभास हुन्छ।
मधुसुदन भट्टराईद्वारा निर्देशित फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाइँ, शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्नबहादुर भण्डारी (भोले), गोविन्दप्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जनलगायत कलाकारहरूको अभिनय रहेको छ।
प्रसिद्धि सिने आर्ट्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन् भने कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन्। सह–निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे छन्। विशेष सहयोगीका रूपमा शम्भु कुमार केसी रहेका छन्।
फिल्मका प्रस्तुतकर्ता साजित महत हुन्। पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन्। छायांकन शिव ढकालको रहेको छ भने सम्पादन बनिष शाहले गरेका छन्। संगीत साप शक्ति र बाबुल गिरीले दिएका छन्। पार्श्वसंगीत सम्राट थापाको, ध्वनि मिश्रण मुकेश शाहको र रङ्ग संयोजन रेनिश फागोको रहेको छ।
फिल्मको वितरण नेशनल सिने ग्रुप प्रा.लि.ले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।