0
Shares
‘आ बाट आमा’ले घरेलु बक्सअफिसमा चौथो हप्तासम्म आइपुग्दा ११ करोड २४ लाख ६ हजार ९६९ रुपैयाँ ग्रस कमाइ गर्दै उत्साहजनक सफलता हात पारेको छ।
चलचित्र विकास बोर्डका अनुसार यो फिल्म यस वर्षकै चौथो सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ। हालसम्म ४ लाख २३ हजार १११ टिकट बिक्री भइसकेका छन्, जसले दर्शकको बलियो साथ र सकारात्मक ‘वर्ड अफ माउथ’को संकेत गर्छ।
चन्द्र पन्त निर्देशित यस चलचित्रले पारिवारिक दर्शक विशेष तानेको छ। अब यसले परानको १७ करोड ८४ लाख रुपैयाँको रेकर्ड उछिन्न सक्छ कि सक्दैन भन्नेमा चासो बढेको छ। निर्माण टिमले ‘आबाट आमा २’ निर्माण गर्ने घोषणा पनि गरिसकेको छ।