फागु पूर्णिमामा ‘हामी तीन भाइ’को टिजर सार्वजनिक: दाजुभाइको प्रेम, विवाहपछि सुरु हुने खटपट

0 Shares

काठमाडौं – फागु पूर्णिमाको अवसर पारेर आगामी नेपाली फिल्म ‘हामी तीन भाइ’को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत फिल्मको टिजर रिलिज गरेको हो।

सार्वजनिक टिजरले एउटै गाउँका तीन दाजुभाइको जीवन, उनीहरूबीचको गहिरो सम्बन्ध र विवाहपछि सुरु हुने खटपटलाई प्रस्तुत गरेको छ। टिजरमा विनोद न्यौपाने, कुशल बिष्ट र फलित राई तीन भाइको भूमिकामा देखिएका छन्, जसले बाल्यकालदेखि नै एकअर्काप्रति गहिरो माया र सहाराको सम्बन्ध देखाउँछन्।

सानैमा आमा–बुबा गुमाएका उनीहरू एकअर्काकै सहारामा हुर्किएका हुन्छन्। खेतबारीमा गोरु झैँ आफैं जोत्दै काम गर्ने दृश्यले उनीहरूको आपसी एकता र संघर्ष झल्काउँछ। तर, विवाहपछि दाजुभाइबीच सम्बन्धमा दरार आउन थालेको कथा टिजरले संकेत गरेको छ।

निर्देशक मधुसुदन भट्टराईले नेपाली ग्रामीण समाजको कथा उठाउँदै दाजुभाइबीचको प्रेम, पारिवारिक सम्बन्ध र त्यसमा आउने द्वन्द्वलाई फिल्ममार्फत प्रस्तुत गरेका छन्। टिजरले फिल्मप्रति दर्शकमाझ कौतुहलता बढाएको देखिन्छ।

फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाह्नवी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, सुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ, सुष्मा जिम्बा, खिन्नबहादुर भण्डारी (भोले), गोविन्दप्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल र अमृतमान महर्जनलगायतको अभिनय रहेको छ।

प्रसिद्धि सिने आर्ट्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन् भने विक्रम तामाङ कार्यकारी निर्माता रहेका छन्। सह–निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे छन् भने शम्भु कुमार केसी विशेष सहयोगीका रूपमा छन्।

साजित महत प्रस्तुतकर्ता रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। छायांकन शिव ढकाल, सम्पादन बनिश शाह, संगीत साप शक्ति र बाबुल गिरीको छ।

फिल्ममा नृत्य निर्देशन कमल राई र इन्द्रदेव महर्जन, पाश्र्व संगीत सम्राट थापा, ध्वनि मिश्रण मुकेश शाह, रंग संयोजन रेनिश फागोले गरेका छन्।

मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेल हुन्। पोस्ट–प्रोडक्सनको काम मोशन स्टुडियोले गरेको छ भने फिल्मको वितरण नेसनल सिने ग्रुप प्रा.लि.ले गर्नेछ। डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

यसअघि फिल्मको प्रचार सामग्रीका रूपमा सार्वजनिक गरिएको लिरिकल गीत ‘मैले जति दुःख, पीडा, कष्ट पाको भए’ दर्शकमाझ चर्चामा आएको थियो।

फिल्म चैत १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

सम्बन्धित समाचार

सबै