आगामी बैशाख ११ गते रिलिज हुने फिल्म ‘परालको आगो’को गीत ‘उडी जाउँ भने, म पन्छी होइन’ सोमबार ओएसआर युट्युब च्यानलमार्फत रिलिज भएको छ। गीतमा मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत, र बाल कलाकार मञ्जिला बानियाँले अभिनय गरेका छन्।
गीतमा सुहाना थापाले आफ्नै भावनालाई दर्शकसमक्ष प्रभावशाली तरिकाले प्रस्तुत गरेकी छन्। रामजी लामिछानेको कोरियोग्राफी दर्शकले मन पराएका छन्। संगीत शान्ति ठटालको रहेको छ भने गीत निशु शर्माले गाएकी हुन्। शब्दकार मनबहादुर मुखियाले लेखेका हुन्।
यस गीतको मूल गायिका चार दशकअघि गाएकी अरुणा लामा हुन्। निर्माण टिमले उनलाई समर्पित गर्दै नयाँ संस्करण तयार गरेको छ। म्युजिक एरेन्ज बिनोद भुजेलले गरेका छन्।
फिल्म ‘परालको आगो’मा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मञ्जिला बानियाँको मुख्य भूमिका रहेको छ। फिल्मको निर्देशन लक्ष्मण सुनारले गरेका छन् भने पटकथा र संवाद सुशील देवकोटाले लेखेका छन्।
छायांकन संकल्प भुजेल, सम्पादन मिलन श्रेष्ठ, रंग संयोजन कनाल कँवर, भिएफएक्स समिर मिया र सत्यम राना, र टिजर/ट्रेलर सम्पादन साहिल खानले गरेका छन्। फिल्म वितरण नेपालभर आर आर फिल्मसले गर्नेछ र डिजिटल अधिकार ओएसआरले लिएको छ।