चलचित्र विकास बोर्डको भ्वाइस एक्टिङ र डबिङ तालिम सुरु, १६६ सहभागी

0 Shares

नेपाली चलचित्रको ध्वनि अभिनय क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले आयोजना गरेको तीन दिने भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम आइतबारदेखि सुरु भएको छ। तालिम भारतीय साउन्ड आर्टिस्ट तथा भ्वाइस विशेषज्ञ अमित देओन्दीको प्रमुख प्रशिक्षणमा सञ्चालन भइरहेको छ।

तालिममा नेपाली चलचित्र क्षेत्रका १६६ कलाकार, प्राविधिक ध्वनि क्षेत्रमा रुचि राख्ने सहभागीहरू सहभागी भएका छन्। उद्घाटन सत्रमा नेपाली चलचित्रलाई हिन्दीमा डब गरिएको विदेशी चलचित्रलाई नेपालीमा डब गरिएको भिडियो क्लिप प्रदर्शन गरिएको थियो, जसले सहभागीहरूका लागि विशेष आकर्षण बन्यो।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले उद्घाटन समारोहमा भने, “हाम्रा कथाहरू बलिया छन्। अब त्यसलाई आवाज अभिनयमार्फत अझ प्रभावशाली बनाउने समय आएको छ। भ्वाइस एक्टिङ डबिङको सही प्रयोगले नेपाली चलचित्रलाई नयाँ बजार दर्शकसम्म पुर्‍याउन सक्छ।”

तीन दिने तालिममा सहभागीहरूले भ्वाइस एक्टिङ, डबिङ प्रविधि, पात्रअनुसार आवाज प्रयोग, संवाद अभिव्यक्ति, स्टुडियो डबिङ प्रक्रिया साउन्ड एडिटिङ सम्बन्धी सैद्धान्तिक प्रयोगात्मक प्रशिक्षण प्राप्त गर्नेछन्।

प्रशिक्षक अमित देओन्दीले हलिउड ब्लकबस्टर ‘अवतार’, ‘मिसन इम्पोसिबल’ लगायत अन्तर्राष्ट्रिय परियोजनामा काम गरेका अनुभवबाट सहभागीहरूलाई प्रत्यक्ष प्रशिक्षण दिने छन्।

विदेशी विशेषज्ञको सहभागिता ठूलो संख्यामा चलचित्रकर्मीको उपस्थिति नेपाली चलचित्रमा भ्वाइस एक्टिङ डबिङको गुणस्तर अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने विश्वास बढाएको छ।

सम्बन्धित समाचार

सबै