यो वर्षकै बहुप्रतीक्षित फिल्म ‘राम नाम सत्यः पर्दा भित्रको पर्दा’को टिजर सार्वजनिक भएको छ। टिजरमा एक्सन, सस्पेन्स, प्रेम र थ्रिलले भरिएको दृश्यले दर्शकको उत्सुकता थपेको छ।
फिल्ममा नायक विराज भट्टको नदेखिएको एक्सन अवतार देख्न सकिन्छ। फिल्मको निर्देशन माइकल चन्दले गरेका हुन् र टिजरले चैत्र २७ बाट बक्स अफिसमा धमाका हुने संकेत दिएको छ।
फिल्ममा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारको अभिनय समावेश छ। निर्माण माइकल इन्टरटेन्मेन्टको ब्यानरमा भएको छ।
लगानीमा उपेन्द्र शाही र स्वेता बिमली, कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट, अर्जुन सुनार, र क्रियटिभ निर्माता मोती कार्की रहेका छन्।
फिल्मको संगीत: बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवा अन्सारी
डीओपी: मानकृष्ण महर्जन
एक्सन: श्री श्रेष्ठ
सम्पादन: बन्दे प्रसाद
व्याकग्राउन्ड म्युजिक: काला चरण
टिजर र ट्रेलर: साहिल खान
फिल्ममा समावेश ‘धागोले बाटेको’ गीत सुपरहिट भइसकेको छ। निर्माण टिमको भनाइ अनुसार, टिजरले पनि दर्शकबाट प्रशंसापूर्ण प्रतिक्रिया पाउने विश्वास गरिएको छ।