‘वन ब्याटल अफ्टर एनदर’ बन्यो अस्कर अवार्डमा यस वर्षको सर्वश्रेष्ठ फिल्म

0 Shares

काठमाडौं — फिल्म वन ब्याटल अफ्टर एनदर’ सन् २०२६ को अस्कर अवार्ड मा सर्वश्रेष्ठ फिल्म (बेस्ट पिक्चर) को उपाधि जितेर यस वर्षको समारोहको मुख्य आकर्षण बनेको छ। अमेरिकाको लस एञ्जलस स्थित डल्बी थिएटर मा आयोजित ९८ औं एकेडेमी अवार्ड्स मा वार्नर ब्रदर्स स्टुडियोको यो फिल्मले सबैभन्दा ठूलो सम्मान हात पारेको हो।

यो फिल्मले सर्वश्रेष्ठ निर्देशक को अवार्ड पनि जितेको छ। निर्देशक पल थोमस एन्डरसन ले यस फिल्मका लागि उत्कृष्ट निर्देशकको पुरस्कार हात पारेका हुन्।

फिल्मले यति मात्र होइन, अन्य प्राविधिक विधाहरूमा समेत अवार्ड जित्दै यस वर्षको अस्करमा उल्लेखनीय सफलता हासिल गरेको छ।

विजेताहरुको सूचि

  • सर्वश्रेष्ठ फिल्म: वन ब्याटल अफ्टर अनदर

  • सर्वश्रेष्ठ निर्देशक: पॉल थोमस एन्डरसन — वन ब्याटल अफ्टर अनदर

  • सर्वश्रेष्ठ अभिनेता: माइकल बी. जोर्डन — सिनर्स

  • सर्वश्रेष्ठ अभिनेत्री: जेस्सी बक्ले — ह्यामनेट

  • सर्वश्रेष्ठ सह-अभिनेता: सीन पेन — वन ब्याटल अफ्टर अनदर

  • सर्वश्रेष्ठ सह-अभिनेत्री: एमी म्याडिगन — वेपन्स

  • सर्वश्रेष्ठ मूल पटकथा: सिनर्स — रयान कूगलर

  • सर्वश्रेष्ठ रूपान्तरण पटकथा: वन ब्याटल अफ्टर अनदर — पॉल थोमस एन्डरसन

  • सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिल्म: सेन्टिमेन्टल भ्याल्यु (नोर्वे)

  • सर्वश्रेष्ठ एनिमेटेड फिल्म: के-पप डिमन हन्टर्स

  • सर्वश्रेष्ठ मूल गीत:गोल्डेन” — के-पप डिमन हन्टर्स

  • सर्वश्रेष्ठ डकुमेन्ट्री फिल्म: मिस्टर नोबडी अगेन्स्ट पुटिन

  • सर्वश्रेष्ठ छायांकन: सिनर्स — अटम डुराल्ड अर्कापाव

  • सर्वश्रेष्ठ सम्पादन: वन ब्याटल अफ्टर अनदर — एन्डी जुर्गेन्सेन

  • सर्वश्रेष्ठ भिजुअल इफेक्ट्स: अवतार: फायर एन्ड एश

  • सर्वश्रेष्ठ ध्वनि: एफ१: मुभी

  • सर्वश्रेष्ठ उत्पादन डिजाइन, मेकअप पोशाक: फ्राङ्केनस्टाइन

विशेष पुरस्कार

  • सर्वश्रेष्ठ कास्टिङ: क्यासान्ड्रा कुलुकुन्डिस — वन ब्याटल अफ्टर अनदर

समारोहको प्रस्तुति हास्य कलाकार कोनन ओ’ब्रायन ले गरेका थिए।

सम्बन्धित समाचार

सबै