(हेर्नुस् भिडियो) खोटाङमा अवतरणका क्रममा हेलिकप्टर यसरी दुर्घटना भएको थियो

0 Shares

विराटनगर — खोटाङको केपिलासगढी गाउँपालिका–२ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ। अवतरणको क्रममा भएको उक्त दुर्घटनामा एकजना घाइते भएका छन् भने अन्य सवार सकुशल रहेको जनाइएको छ।

खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँल ले हेलिकप्टर दुर्घटनाको पुष्टि गर्दै प्रारम्भिक जानकारी अनुसार ठूलो क्षति नभएको बताइन्। यद्यपि घटनामा काजीबहादुर राई घाइते भएको जानकारी प्राप्त भएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रकाश बुढाथोकी का अनुसार खार्तम्छा बालाबेँसी क्षेत्रमा हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको हो। हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार रहेका थिए।

त्यस्तै, स्थानीय जनप्रतिनिधि मिलन राई ले एकजना घाइते भएको पुष्टि गर्दै आफू घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिए।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ भने सुरक्षाकर्मी र स्थानीयवासीले उद्धार तथा अवस्थाबारे जानकारी संकलन गरिरहेका छन्।

सम्बन्धित समाचार

सबै