मेमिसा घलेको कौडा गीत ‘निदरी’ सार्वजनिक, घले समुदायको संस्कृति झल्किने भिडियो

0 Shares

काठमाडौं – युकेमा लामो समय बस्दै आएको गायिका मेमिसा घलेको नयाँ कौडा गीत ‘निदरी’ सार्वजनिक भएको छ। गीतमा मेमिसासँगै मौसम गुरुङ र डिआर सुजनको स्वर छ भने शब्द र संगीत डिआर सुजनकै रहेको छ। गीतका निर्माता धन घले हुन्, जो गायिका मेमिसासँग श्रीमान–श्रीमती सम्बन्धमा छन्।

उनीहरु २५ वर्षदेखि युकेमा बस्दै आए पनि नेपाली संगीतबाट अलग हुन सकिरहेका छैनन् र निरन्तर सांगीतिक गतिविधि गर्दै आएका छन्। हाल नेपाल आएको अवसरमा उनीहरुले गीत सार्वजनिक गरेको जानकारी दिएका छन्।

भिडियोमा नायक पल शाह र मोडल रस्मिता तामाङको नृत्य प्रस्तुत गरिएको छ। भिडियोको निर्देशन र कोरियोग्राफी विक्रम चौहानले गरेका छन्, छायांकन नवराज उप्रेती, सम्पादन मनोज कार्की। गायिका मेमिसाले बताइन् कि ‘निदरी’मा अघिल्ला गीतभन्दा धेरै मेहनत र लगानी भएको छ।

डिआर सुजनका अनुसार गीत बनाउने विचार युकेमै हुँदा आएको हो। गीतमा घले समुदायको संस्कृति र पहिचान झल्किने प्रयास गरिएको छ। भिडियोमा १० भन्दा बढी जिल्लाका घले समुदायका दृश्यहरु देखाइएको छ। निर्माता धन घलेका अनुसार अडियो र भिडियोको कुल खर्च झण्डै १० लाख रुपैयाँ रहेको छ। गीत मेमिसा घले युट्युव च्यानलमा सार्वजनिक गरिएको छ।

सम्बन्धित समाचार

सबै