बहुचर्चित गीत ‘विदेश जाने मायालु तिमीलाई’का गायकलाई उपचारमा आर्थिक समस्या

0 Shares

काठमाडौं — नेपाली सङ्गीत क्षेत्रसँग सम्बन्धित दीपक थापा गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका छन्। उनको उपचारका लागि आवश्यक खर्च जुटाउन कठिनाइ भएपछि परिवारले सहयोगको लागि सार्वजनिक अपिल गरेको छ।

परिवारका अनुसार दीपक थापा लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित छन् र हाल उनको उपचार जारी रहेको छ। तर उपचार खर्च बढ्दै जाँदा आर्थिक रूपमा समस्या परेको बताइएको छ।

परिवारले सामाजिक सञ्जालमार्फत सबैसँग सहयोगको आग्रह गर्दै सानो सहयोगले पनि जीवन बचाउन ठूलो भूमिका खेल्न सक्ने उल्लेख गरेको छ। संगीत क्षेत्रमा योगदान पुर्‍याएका कलाकारलाई बचाउन सबैको साथ आवश्यक रहेको उनीहरूको भनाइ छ।

साथै, नजिकका साथीभाइ तथा शुभचिन्तकहरूले पनि सहयोगका लागि अपिल गर्दै सकेसम्म सहयोग गर्न आग्रह गरेका छन्।

इच्छुक व्यक्तिहरूले प्रत्यक्ष आर्थिक सहयोग वा अन्य माध्यमबाट सहयोग गर्न सक्नेछन्।

नेपाली संगीत क्षेत्रमा उनले ‘बिदेश जाने मायालु तिमीलाई’ जस्तो लोकप्रिय गीत गाएका छन् भने थुप्रै चर्चित गीतमा संगीत सिर्जना र एरेन्ज गरेका छन् ।

सम्बन्धित समाचार

सबै