बालेन सरकारलाई रचनात्मक र आलोचनात्मक समर्थन गर्ने नीति – हर्क साम्पाङ

0 Shares

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (हर्क) साम्पाङले पार्टीले सरकारलाई रचनात्मक र आलोचनात्मक दृष्टिले समर्थन गर्ने नीति अपनाएको बताएका छन्।

शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद भवन पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै भने, “हामी प्रतिपक्षमा रहन्छौं, हाम्रो म्यान्डेट यही हो। तर, प्रतिपक्षी भन्नेबित्तिकै विरोध गर्नुपर्ने होइन। राम्रो काम हुँदा हाम्रो पूर्ण समर्थन रहनेछ।”

साम्पाङले यसपटकको संसदमा आफूसहित धेरै नयाँ सांसद रहेको भन्दै सिक्नुपर्ने धेरै कुरा रहेको पनि उल्लेख गरे। उनले भने, “नयाँ छौं, सिक्नुपर्ने थुप्रो छ। पहिले प्रश्न गर्ने ठाउँमा थियौं, अहिले आलोचना र गाली सुन्नुपर्ने ठाउँमा आइयो। उत्साह कम छ, तर जिम्मेवारी बोध धेरै छ।”

उनको यो अभिव्यक्ति प्रतिपक्षको जिम्मेवारी र सकारात्मक भूमिका माथि केन्द्रित छ।

सम्बन्धित समाचार

सबै