0
Shares
काठमाडौं। अभिनेता जीतु नेपालले पहिलो पटक निर्माण गरेको फिल्म ‘आई. एम. जीतबहादुर’ को टिजर सार्वजनिक भएको छ।
भारतका बंगाली निर्देशक सुभेन्दु घोष को निर्देशनमा बनेको यस फिल्ममा गाउँबाट शहर पुगेर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा रोचक ढंगले प्रस्तुत गरिएको छ।
फिल्ममा जीतु नेपाल प्रमुख भूमिकामा छन् भने उनको जोडीको रूपमा अभिनेत्री बर्षा राउत रहेका छन्। साथै प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल लगायतका चिरपरिचित कलाकारहरूलाई विशेष भूमिकामा देख्न सकिन्छ।
कर्मभूमि क्रिएशन ब्यानरमा निर्माण भएको यस फिल्ममा निश्चल कुवर र निरज नेपाल कार्यकारी निर्माता छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी ले जीतुलाई निर्माता रूपमा सघाएका छन्।
भारतीय सिनेमाटोग्राफर अरविन्द ले छायांकन गरेको यो फिल्म आउँदो वर्ष असारभित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।