कुल ब्वाय र दिव्या जोडी कस्दै ‘बेहुली’को घोषणा, गरियो शुभ मुहूर्त, तीजमा रिलिज हुने

0 Shares

काठमाडौं – ललितपुरस्थित कार्यविनायक मन्दिरमा आज बिहीबार पूजा अर्चना गर्दै नयाँ नेपाली चलचित्र ‘बेहुली’को शुभ मुहूर्त सम्पन्न भएको छ। द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको यस चलचित्रको छायाङ्कन यही साताबाट सुरु हुँदैछ र प्रदर्शन मिति आगामी वर्षको हरितालिका तीज (भदौ १२) को अवसरमा तय गरिएको छ।

चलचित्रका निर्माता अर्जुन पोखरेलका अनुसार, लामो समयदेखि नेपाली संगीत क्षेत्रमा दर्जनौँ हिट गीतमार्फत दर्शकको मन जित्दै आएका उनले पहिलोपटक चलचित्र निर्माणमा हात हालेका हुन्। पोखरेलले चलचित्रको सङ्गीत निर्देशन पनि आफैले सम्हालेका छन्।

निर्देशक सशान कँडेल र कथाकार माधव शर्मा ले यस चलचित्र तयार पारेका हुन्। दुवै निर्देशक–लेखकले अघि चलचित्र ‘होस्टेल ३’मा सफल सहकार्य देखाइसकेका थिए र सोही सफलता ‘बेहुली’मा दोहोरिएको छ।

चलचित्रमा पारस बम ठकुरी (कुलब्वाय) मुख्य नायकको भूमिका निर्वाह गर्दैछन् भने उनको जोडीको रूपमा अभिनेत्री दिव्या रायमाझी देखिनेछिन्। साथै, अनुभवी कलाकार सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, लोकेन्द्र लेखक, सबिन कट्टेल र समायरा थापा मगरले समेत महत्त्वपूर्ण भूमिका निभाउनेछन्।

कार्यकारी निर्माता सुमन थिङ तामाङ, सह-निर्माताहरू दुर्गा खरेल र रमेश सिलवाल, क्रिएटिभ प्रोड्युसर शङ्कर कोइराला, छायांकन नरेन्द्र मैनाली, सम्पादन विकास दाहाल, र द्वन्द्व निर्देशन रोशन श्रेष्ठले गरेका छन्।

चलचित्रको सहायक निर्देशकमा सुदीप कुँवर, योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना रहेका छन्। प्रोडक्सन हेड यम प्रसाद ओली, मेकअप राजु वाइबा, प्रोडक्सन डिजाइन किशोर नेपाल, पहिरन डिजाइन एलेक्स बासुकला, र पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले सम्हालेका छन्।

‘बेहुली’लाई काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स, उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्ट वितरण गर्नेछ भने डिजिटल अधिकार OSR Digitalले लिएको छ।

सम्बन्धित समाचार

सबै