बालेन्द्र शाह नेतृत्वको सरकार १६मन्त्रालयमा सीमित हुँदा कुन कुन मन्त्रालय कहाँ गाभिए ?

0 Shares

काठमाडौँ — रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले मन्त्रालय पुनर्संरचना गर्दै संख्या १६ मा सीमित गरेको छ। प्रधानमन्त्री शाहले रक्षा र उद्योग–वाणिज्य मन्त्रालय आफैंसँग राखेका छन् भने बाँकी १४ मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छन्।

सरकारी पुनर्संरचना अनुसार केही मन्त्रालय गाभिएका छन् भने केही खारेज भएका छन्।

पहिले छुट्टै रहेको युवा तथा खेलकुद मन्त्रालयलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गाभिएको छ। यसको जिम्मेवारी सस्मित पोखरेलले पाएका छन्।

त्यस्तै, खानेपानी मन्त्रालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभिएको छ, जसको जिम्मेवारी निशा मेहताले सम्हालेकी छन्।

वन तथा वातावरण मन्त्रालय पहिलोपटक खारेज गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा समायोजन गरिएको छ। यसको जिम्मेवारी गीता चौधरीलाई दिइएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गाभिएको छ। यसको जिम्मेवारी प्रतिभा रावलले पाएकी छन्।

सरकारले प्रशासनिक खर्च घटाउने र संरचना सानो तथा प्रभावकारी बनाउने उद्देश्यसहित यस्तो पुनर्संरचना गरेको बताइएको छ।

सम्बन्धित समाचार

सबै