पूर्व पत्रकार विक्रम तिमिल्सिना बने सूचना तथा सञ्चार मन्त्री

0 Shares

काठमाडौँ — बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषदमा विक्रम तिमिल्सिना सूचना तथा सञ्चार मन्त्रीमा नियुक्त भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नुवाकोट–१ मा प्रतिनिधिसभा निर्वाचन जितेका तिमिल्सिनाले नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई पराजित गरेका थिए। उनले निर्वाचनमा २२ हजार ६०९ मत प्राप्त गरेका थिए।

तिमिल्सिना रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा सक्रिय छन्।

४३ वर्षीय तिमिल्सिना नुवाकोटको पञ्चकन्या गाउँपालिका बानियाटारका हुन्। उनले अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयको School of Government and International Relations बाट राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि (PhD) गरेका छन्।

उनले क्विन्सल्यान्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेका छन्।

शैक्षिक तथा अनुसन्धान क्षेत्रमा सक्रिय तिमिल्सिनाले त्रिभुवन विश्वविद्यालयअन्तर्गत सशस्त्र प्रहरी बल एकेडेमीमा सुरक्षा व्यवस्थापन विषय अध्यापन गर्दै आएका थिए। साथै, उनले मानविकी संकायअन्तर्गत सुशासन तथा भ्रष्टाचार निवारण विषय पनि पढाउँदै आएका थिए।

अनुसन्धान क्षेत्रमा पनि उनको अनुभव रहेको छ। उनले एसियन इन्स्टिच्युट फर एड्भान्स्ड रिसर्चमा अध्यक्ष तथा अनुसन्धान फेलोका रूपमा काम गरेका छन्। अपांगता भएका व्यक्तिहरूको वित्तीय समावेशीकरणसम्बन्धी परियोजनामा प्रमुख अनुसन्धानकर्ताका रूपमा समेत कार्य गरेका छन्।

त्यसैगरी, उनले रेडियो सगरमाथामा पत्रकारका रूपमा समेत काम गरेका थिए।

सम्बन्धित समाचार

सबै