यस्तो भन्दै महेश बस्नेतले नवनियुक्त प्रधानमन्त्री बालेनलाई दिए बधाई

0 Shares

नेकपा एमालेका सचिव महेश बस्नेतले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिँदै नयाँ सरकारलाई सफल कार्यकालको शुभकामना दिएका छन्।

बस्नेतले युवा नेतृत्व र नयाँपन स्वागतयोग्य भएको उल्लेख गर्दै वर्तमान सरकारलाई “आशा र परीक्षा” दुवैको रूपमा अर्थ्याएका छन्। उनले अनुभवको कमीलाई सिकाइ र परिपक्व निर्णयमार्फत पूरा गर्दै अघि बढ्न सुझाव दिएका छन्।

“नवगठित सरकारका प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्री मण्डललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,” उनले भनेका छन्, “नयाँपन, युवा नेतृत्व स्वागतयोग्य छ। यो सरकार आशा पनि हो र परीक्षा पनि हो।”

उनले सरकारलाई स्थिरता, विकास र समृद्धिको जनअपेक्षा पूरा गर्न परिणाममुखी हुनुपर्नेमा जोड दिएका छन्। साथै, सत्ता अवसर नभई उत्तरदायित्व भएको भन्दै जिम्मेवारीबोधका साथ अघि बढ्न सुझाव दिएका छन्।

बस्नेतले सकारात्मक निर्णय र पहलमा सहयोगी भूमिका रहने प्रतिबद्धता पनि जनाएका छन्।

सम्बन्धित समाचार

सबै