गगन थापाद्वारा प्रधानमन्त्री बालेनलाई बधाई, जनाए यस्तो प्रतिबद्धता

0 Shares

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन्।

पदभार ग्रहणका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेलगत्तै उनले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री बालेनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन्।

थापाले लेखेका छन्, “नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।”

उनले देशको समुन्नति, नागरिक अधिकारको रक्षा र सुशासनका लागि सरकारका सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसले रचनात्मक सहयोग गर्ने पनि उल्लेख गरेका छन्।

सम्बन्धित समाचार

सबै