मन्त्री नबनाइएको बारेमा आएका खबर बारे अमरेशकुमार सिंहको आयो यस्तो प्रतिक्रिया

0 Shares

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले आफूबारे सञ्चारमाध्यममा आएका समाचारहरूमा कुनै सत्यता नरहेको दाबी गरेका छन्।

नवगठित मन्त्रिपरिषद्मा उनी नपरेको विषयमा आएका समाचारप्रति आपत्ति जनाउँदै उनले ती रिपोर्टलाई “भ्रामक” भनेका हुन्।

सिंहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “केहीबेर अगाडिदेखि मिडियाहरूमा आएको समाचार भ्रामक हुन्, यसमा कुनै सत्यता छैन।”

यसअघि बालेन शाह नेतृत्वको सरकारमा मन्त्री बन्ने सम्भावित सूचीमा उनको नाम चर्चामा रहे पनि अन्तिम समयमा उनको नाम समावेश नभएको चर्चा थियो।

तर सिंहले आफू सांसदकै रूपमा देश र जनताप्रति इमान्दार भएर काम गरिरहने बताएका छन्।

उनले लेखेका छन्, “म सांसदकै रूपमा देश र जनताप्रति इमानदारीपूर्ण रूपमा सेवा गर्नेछु। पार्टी र सरकारसँगको सहकार्यमा सम्पूर्ण नेपाली जनताको पक्षमा काम गर्नेछु।”

सम्बन्धित समाचार

सबै